AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • राजनीति
  • निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

  • बिहिबार, असार १८, २०८३
निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

काठमाडौं – नेपाली कांग्रेसका तीन नेताहरू छलफलमा जुटेका छन्।

बिहीबार अपराह्नमा काठमाडौंको मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा डा. शशांक कोइराला र प्रकाशमान सिंह पुगेका थिए ।

अहिले नेता निधि, डा. कोइराला र सिंह छलफलमा जुटेका छन्।

तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको स्रोतले बतायो ।

साथै आगामी १५औँ महाधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाएको छ।

उनीहरू तिनै जना गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनमा सहभागी थिएनन्।

कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार