AarthikBikash
आइतवार, असार २१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • केन्द्रीय कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

केन्द्रीय कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

  • आइतवार, असार २१, २०८३
केन्द्रीय कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक  कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योञ्जन (रमन) रहेका छन् ।

प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथ देवल सुन्धाराबाट फरार भएका थिए ।

उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए ।

फरार भएपछि उनको खोजतलास जारी रहेको थियो । सोही क्रममा गत शुक्रबार साँझ उनलाई सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार