AarthikBikash
शनिबार, साउन २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • लागुऔषध र सर्टगनको गोलीसहित युवक पक्राउ

लागुऔषध र सर्टगनको गोलीसहित युवक पक्राउ

  • शनिबार, साउन २, २०८३
लागुऔषध र सर्टगनको गोलीसहित युवक पक्राउ

जनकपुरधाम – धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) र सर्टगनको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्व तथा इलाका प्रहरी कार्यालय भरतपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार साँझ करिब ७ बजे स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको छानोको बलोमा कालो प्लास्टिकमा लुकाएर राखिएको सर्टगनको तीन राउन्ड गोली तथा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.१४० ग्राम (प्लास्टिकसहित) खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता मधुसुदन न्योपानेले जनाएका छन् ।

बरामद सामग्रीसहित मुकेशलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार