AarthikBikash
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज

  • बुधबार, साउन १३, २०८३
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

डा. भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि मंगलबार बेलुका काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका थिए ।

भट्टराईले उपचारपछि अस्पतालबाट घर फर्किएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले उपचारमा संलग्न चिकित्सक तथा आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

चिकित्सकका अनुसार उनको भित्री कानसँग सम्बन्धित ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (BPPV)’ को लक्षण देखिएको थियो। सचिवालयका अनुसार स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट भने सामान्य रहेका छन्।

सम्बन्धित समाचार