AarthikBikash
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • राजनीति
  • वीरगञ्जमा पुनः निषेधाज्ञा, शनिबार बिहानसम्म लागू

वीरगञ्जमा पुनः निषेधाज्ञा, शनिबार बिहानसम्म लागू

  • शुक्रबार, साउन १५, २०८३
वीरगञ्जमा पुनः निषेधाज्ञा, शनिबार बिहानसम्म लागू

वीरगञ्ज – पर्सा जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ।

प्रशासनका अनुसार शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

निषेधाज्ञा पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ।

सुनसरी घटनापछि वीरगञ्जमा पनि प्रदर्शन बढ्न थालेपछि सार्वजनिक शान्ति–सुरक्षा कायम राख्न प्रशासनले लगातार दोस्रो दिन रातिको समयमा निषेधाज्ञा जारी गरेको हो।

सम्बन्धित समाचार