काठमाडौं – गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्रै भएको बताएका छन्।
बुधबार रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताएका हुन् ।
सञ्चारकर्मीहरूले भोट फिर्ता कसरी लैजाने भन्ने विषयमा प्रश्न गरेपछि गुरुङले उक्त कुरा आफूले गम्भीर रूपमा नभनेको स्पष्ट पार्दै भने- ‘जोक गरेको विषय हो। हामीले जोक गरेको विषयलाई त्यत्रो ठूलो बनाउने हो ?’
सञ्चारकर्मीले फेरि भनेपछि ‘जोक नै हो ?’ भनेर प्रश्न गरेपछि गुरुङले पार्टीभित्रको छलफलका क्रममा आफूले भनेको विषयलाई जोकका रूपमा बुझ्नुपर्ने बताए।
भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपे- ‘हामी त्यहाँ भित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त रु आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?’
गृहमन्त्री गुरुङ गत हप्ता गोरखाको नाम्जुङ पुग्दा त्यहाँका पार्टीका स्थानीय नेताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएका थिए ।
त्यसपछि झोक्किएका गुरुङले सरकार बनेको भर्खर ४ महिना पुगेको र बजेट कार्यान्वयनमा आएको केही दिन मात्रै भएकाले बै काम नहुने भन्दै भोट फिर्ता लैजान भनेका थिए ।
गृहमन्त्रीले भनेका थिए, ‘म चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानु भए हुन्छ ।’