AarthikBikash
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • १ हजार २४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

१ हजार २४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

  • बुधबार, भदौ २४, २०८३
१ हजार २४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

काठमाडौं – धनकुटा साँगुरीगढी गाउँपालिका- ७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना।४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए ।

ट्रक शंकास्पद लागेपछि चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा गाँजा फेला परेको हो । फरार ट्रक चालकको खोजतलास गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार