AarthikBikash
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

  • बिहिबार, भदौ २५, २०८३
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त

काठमाडौं – सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

भक्तपुरका बासिन्दा लम्साललाई आयोगको नेतृत्वको जिम्मेवारी दिइएको हो।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई आयोगको सदस्यमा नियुक्त गरेको छ। सापकोटा मकवानपुर र रिमाल काठमाडौंका बासिन्दा हुन्।

यससँगै शिक्षक सेवा आयोगले अध्यक्षसहित नयाँ पदाधिकारी पाएको छ।

सम्बन्धित समाचार