AarthikBikash
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राज्यमन्त्री कुँवरको सरकारी गाडी ट्राफिक कारबाहीमा, ५ सय जरिवाना

राज्यमन्त्री कुँवरको सरकारी गाडी ट्राफिक कारबाहीमा, ५ सय जरिवाना

  • सोमवार, भदौ २९, २०८३
राज्यमन्त्री कुँवरको सरकारी गाडी ट्राफिक कारबाहीमा, ५ सय जरिवाना

धनगढी – सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।

सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने सुपप्र ०१–००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना गरेको हो । उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलोपटक ५ सय रूपैयाँ जरिवाना गरिएको छ ।

सार्वजनिक बिदाका दिन राज्यमन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएको पाइएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार