AarthikBikash
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • राजनीति
  • बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

  • सोमवार, भदौ २९, २०८३
बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राखेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले पक्राउ गरेको हो।

तामाङविरुद्ध अरुण अर्यालको जाहेरीमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा पक्राउ गर्न काठमाडौंको प्रहरी वृत्त दरबारमार्गले अनुमति मागेको र अदालतको अनुमतिपछि तामाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार तामाङलाई पक्राउ गर्न प्रहरीले सोमबार नै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।

४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।

सम्बन्धित समाचार