AarthikBikash
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • राजनीति
  • नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाले पाए सफाइ

नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाले पाए सफाइ

  • सोमवार, भदौ २९, २०८३
नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाले पाए सफाइ

काठमाडौं – विशेष अदालतले झूटा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा मुद्दा खेपिरहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंहसहित सातै जनालाई सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कैकी छोरीलाई आफ्नो छोरीका रूपमा कागजात तयार गरी नागरिकता दिलाएको आरोपमा सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईलाई पनि प्रतिवादी बनाएको थियो।

यस्तै, वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई समेत मुद्दामा प्रतिवादी बनाइएको थियो।

अख्तियारका अनुसार झूटा विवरण र कागजातका आधारमा नागरिकता दिलाउने प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप लगाइएको थियो। सोही प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

सम्बन्धित समाचार