AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • राजनीति
  • जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

  • शुक्रबार, अशोज २, २०८३
जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

काठमाडौं – जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्।

दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

अध्यक्षमा राउत निर्विरोध भए पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा भने प्रतिस्पर्धा हुने भएको छ। प्रारम्भिक उम्मेदवारी विवरणअनुसार सात उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ।

उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव त्यागी, डा। कमरुल्लाह अंसारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले उम्मेदवारी दिएका छन्।

एक जना महासचिवका लागि ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ।

सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। सचिवमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अन्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साहले उम्मेदवारी दिएका छन्।

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने तय भएको छ। निर्वाचन कार्यतालिकाअनुसार प्रारम्भिक उम्मेदवारमाथि दाबी–विरोधपछि असोज ५ गते अन्तिम उम्मेदवार सूची प्रकाशन गरिनेछ भने असोज १० गते मतदान हुने कार्यक्रम छ।

सम्बन्धित समाचार