AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • राजनीति
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णयहरू

  • शुक्रबार, अशोज २, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णयहरू

काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।

उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ ।

यसैगरी, सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको छ।

यस्तै, सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।

– नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइको लागि संसदीय सदन समक्ष लेखी पठाउने,

प्रस्तावित राजदूतहरू

१. निश्चलनाथ पाण्डे- भारत

२. कल्याणराज शर्मा- चीन

३. चिरनजंग थापा-अमेरिका

४.गौरव शमशेर जंगबहादुर राणा-संयुक्त अधिराज्य (यूके)

५. जिग्यानकुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी- जर्मनी

९. पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया

१२. डा. मंचला झा- श्रीलंका

१३. गिरीबहादुर सुनार- साउदी अरेबिया

– नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने ।

– साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने।

– नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्ति गर्ने।

– सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

सम्बन्धित समाचार