काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक जारी छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक लम्बिएर साढे ४ बजेपछि मात्रै सुरु भएको हो।
यसअघि एमाले पुनर्गठन कार्यदलको बैठक बसेको थियो।
कार्यदलको प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय समावेश गर्ने कि नगर्ने भन्नेमा विवाद देखिएको थियो।
कार्यदलका सचिव महेश बस्नेतका अनुसार प्रतिवेदनमा अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय नराख्ने सहमति भएको छ।