AarthikBikash
बिहिबार, अशोज ८, २०८३
  • होमपेज
  • राजनीति
  • विद्यादेवी भण्डारीलाई एमाले वरिष्ठ नेताको जिम्मेवारी

विद्यादेवी भण्डारीलाई एमाले वरिष्ठ नेताको जिम्मेवारी

  • बिहिबार, अशोज ८, २०८३
विद्यादेवी भण्डारीलाई एमाले वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । उनको वरीयता अध्यक्षपछि दोस्रो रहनेछ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले प्रस्ताव अनुमोदन गरेको हो ।

यसअघि एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरणसमेत रोकेको थियो । २०८३ जेठमा भने उनलाई पुनः पार्टी सदस्यता दिने निर्णय भएको थियो ।

यस्तै, एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । सचिवालयले पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । उनीहरूको नाम केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना तथा विभिन्न जिम्मेवारीसम्बन्धी निर्णयहरू टुंग्याउँदै आएको छ ।

सम्बन्धित समाचार