AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

  • आइतवार, अशोज ११, २०८३
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बागलुङ – निरन्तर वर्षा भइरहेका बेला बागलुङमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएका उनीहरूमध्ये तीन जनाको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार