AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • राजनीति
  • अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

  • मङ्लबार, अशोज १३, २०८३
अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।

पाण्डेको राजीनामा बुधबारदेखि लागू हुने भएको छ। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेकै अवस्थामा उनले राजीनामा दिएको बताइएको छ।

संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ सम्बन्धी व्यवस्थाका कारण सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ।

पछिल्लो समय विभिन्न तहका ५३८ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्।

सम्बन्धित समाचार