काठमाडौं – काठमाडौंको म्हैपीमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा कौडा खेलिरहेका २४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गएराति म्हैपीस्थित एक घरमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बानेश्वरका ४९ वर्षीय नीरज निरौला, बालुवाटारका वसन्त अधिकारी, म्हैपीका सुजन श्रेष्ठ, लोलाङका नारायण श्रेष्ठ, बालाजुका राजेश केसी, सातदोबाटोका विनोद घिमिरे, गोङ्गबुका रामकृष्ण कार्की, चाबहिलका जलेश पाण्डे, मुलपानीका दिनेश भट्टराई, नयाँबजारका प्रदीप कँडेल, ललितपुरका माधव विष्ट र म्हैपीका शालिग्राम वाग्ले छन्।
त्यसैगरी मनमैजुका जयराम पाण्डे, वनस्थलीका शिव भट्ट, नयाँबजारका सन्दिप पौडेल, म्हैपीका सुनिल श्रेष्ठ, कोटेश्वरका प्रेम श्रेष्ठ र मैतीदेवीका महेश दाहाल पनि पक्राउ परेका छन्।
प्रहरीले जुवा खाल सञ्चालन भएको घरका धनी श्याम शर्मासहित तारकेश्वरका अरुण बस्नेत, कीर्तिपुरका सुमन रिजाल, क्षेत्रपाटीका प्रदीप गौतम, मनमैजुका आनन्दराज त्रिपाठी र चाबहिलका अनिल सिलवाललाई समेत पक्राउ गरेको छ।
प्रहरीका अनुसार म्हैपीस्थित शर्माको घरको भुइँतलामा हारजित हुने गरी कौडा खेल भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो। छापाका क्रममा जुवा खालबाट ९ लाख ६० हजार रुपैयाँ र ४६० अमेरिकी डलर बरामद भएको छ। प्रहरीले घटनास्थलबाट १६ थान कौडा पनि बरामद गरेको छ।
पक्राउ परेका सबैमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।