वाइडबडी विमान खरिद प्रकरणमा कंसाकारसहित चारजना भ्रष्टाचारी ठहर
काठमाडौं – वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित चारजना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछाने […]