काठमाडौंमा ठूलो भूकम्पको धक्का महसुस
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ ।