पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभाग लगायतलाई विपक्षी बनाइ […]