जाजरकोटमा चिसोले थप तीनजना भूकम्प पीडितको मृत्यु
जाजरकोट-चिसोका कारण जाजरकोटमा थप तीनजनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक […]