काठमाडौं-आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच सभामुख देवराज घिमिरेले सभाको कामकारबाही अगाडि बढाएका छन् । सभामुख घिमिरेले बोल्ने समय दिएपश्चात रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएकाले तत्काल सुनुवाई हुनुपर्ने बताएकी थिईन् । राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश […]
काठमाडौं-जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे शुरु हुनेछ। वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेण्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।
काठमाडौं-संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । सरकारले जेठ १५ गते सदनमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा संघीय मामिला तथा […]