काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो । सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताएका छन् । सार्वजनिक […]
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाको रूपमा संरक्षण गर्नु पर्ने बताएकी छन् । अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्य समिति सदस्यसमेत रहेकी गौतमले स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिनुपर्ने बताईन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९ औं सभा अन्तर्गतको ग्लोबल संसदीय संवादमा सहभागी हुँदै उनले […]
काठमाडौं-पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ । आफ्नो पति रवि लामिछानेलाई […]
काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार दिउँसो १ बजेदेखि करिब ६ घण्टा बसेको समितिको बैठकमा सबै सदस्यहरूले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिको प्रतिवेदन पठाएका हुन् । बैठकले उपसमितिको प्रतिवेदन ग्रहण […]