काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा
सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् । थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् । सर्लाही पुगेका थापा विभिन्न निर्वाचनस्थलको अवलोकन गरिरहेका छन्। उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदानस्थलको अवलोकन गर्दे मतदातासँग मत समेत मागेका छन् ।