३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा
काठमाडौं-नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन् । १६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् । डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, […]