काठमाडौं-कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने उनले बताए । […]
काठमाडौं-संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिट पुगेका छन् । प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौंबाट […]
काठमाडौं-सत्ता साझेदार दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (बुढानीलकण्ठ) मा बस्न लागेको हो । पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने बताइएको छ । गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण […]
काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी छन्। शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घोषणा गरेकी छन्। एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट […]