काठमाडौं-जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ । सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ। दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ। सरकारका निर्णय सुनाउँदै सरकारका […]
काठमाडौं-संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् । तर प्रमुख प्रतिपक्षी […]
काठमाडौं-चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ। बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुँदैछ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ। राज्यविरुद्धको कसूरका ५० […]
काठमाडौं-राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले बैठक बोलाएको छ । समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका संयोजक नवराज सुवेदीका अनुसार नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको छ । बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा […]