काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिर्ने कार्यसूची रहेको छ । बैठकमा सभामुख […]
काठमाडौं-भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिले उपसमिति पुनर्गठन गरेको छ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका योगेश भट्टराई नेतृत्वको उपसमितिले विमानस्थल निर्माणका क्रममा भएका अनियमितता र भ्रष्टाचारबारे छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि आज उपसमितिको पुनर्गठन गरिएको हो । भट्टराईमाथि निरन्तर प्रश्न उठेपछि उनले उक्त जिम्मेवारीमा नबस्ने […]
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)की सांसद रोशन कार्कीले सरकार निरंकुश हुँदै गएको बताएकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले व्यापक छलफल नगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। बजेट बन्नुअघि नै सर्वपक्षीय दलहरू बसेर बजेटमा समावेश हुने विषयवस्तुमाथि व्यापक छलफल गरेपछिमात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो । सरकारले जनतालाई सांसदमार्फत् ढाट्ने […]
काठमाडौं-स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताए । उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, […]