काठमाडौं-विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ। गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै सरकारलाई विपक्षी बनाएर शाक्यले आफूलाई पुनर्बहालीको माग सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको […]
काठमाडौं-सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । सर्वोच्चलगायत देशका विभिन्न अदालतहरुमा आन्दोलनको मौका छोपेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो । भदौ २४ गते भएको जेनजी आन्दोलनमा देश […]
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो । छलफलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी […]
काठमाडौं-मन्त्रिपरिषद् बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उक्त बैठक मन्त्रिपरिषद्को बैठक नियमित हो । बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले जनाएको छ ।