काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनविरोधी कार्यले प्रतिक्रियावादीहरू उत्साहित भएको बताएका छन्। नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले जनताको बीचबाट त्यस्ता प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा बताए। अध्यक्ष प्रचण्डले भने,’सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। […]
काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्। पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् ।
सुर्खेत-गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका हुन् । उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरे । जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र […]