शेखरलाई काउन्टर दिंदै सिटौलाले गरे गृहमन्त्रीको बचाउ
काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अध्यागमनका कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्न उचित नहुने बताएका छन् । गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले भने–‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ । त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं […]