एकीकृत समाजवादीले १० जिल्लालाई पुरस्कृत गर्ने
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले आसन्न महाधिवेशनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ ।सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ । महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई […]