माइतीघरमा आज पनि सरकारविरुद्ध नाराबाजी गर्दै जेनजी
काठमाडौं – जेनजी विद्रोहका मागहरू पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। सरकार जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन्। प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनी करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेनजीको माग […]