काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् । बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले भने–‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । […]
काठमाडौं-बिपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ। बुधबार बैठक सुरू हुने वित्तिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिएका थिए । उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका […]
काठमाडौं-सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने सहमति गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठकमा उक्त सहमति जुटेको हो। सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए। तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन।सरकारले गत पुस २९ गते पाँच […]
काठमाडौं-विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्। बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए। तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री […]