काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्। पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् ।
सुर्खेत-गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका हुन् । उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरे । जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र […]
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच शनिबार साँझ भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको बताइएको छ । देशमा पछिल्लो समय राजतन्त्रको माग गर्दै प्रदर्शन र आन्दोलन भइरहेका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ […]