भूकम्पपछिको पुनर्निर्माणलाई तीव्ररुपमा अघि बढाएका छौं : गृहमन्त्री लेखक
काठमाडौं – गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणलाई तीव्ररुपमा अघि बढाएको बताएका छन् । सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । उनले भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तीव्रता दिइएको बताए। गृहमन्त्री लेखकले जाजरकोट,डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन,पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तीव्ररुपमा अघि बढाएको जानकारी […]