काठमाडौं-आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । इदको दिनमा नमाज पूरा गरे पछि एक […]
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई […]
काठमाडौं-काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो । त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्रीहरू राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीको कारण बारे केही खुलेको छैन […]
काठमाडौं-बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी […]