मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं-मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगा छन् […]