AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • अदालतको आदेशपछि पनि टुकुचा उत्खनन् अभियान जारी

अदालतको आदेशपछि पनि टुकुचा उत्खनन् अभियान जारी

  • सोमवार, अशोज ३, २०७९
अदालतको आदेशपछि पनि टुकुचा उत्खनन् अभियान जारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन् अभियान जारी राखेको छ ।

आज पनि महानगरपालिकाको टोलीले आज हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन् प्रक्रिया जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन् जारी राखेको छ ।

काठमाडौं महानगर नगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगर विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए ।

कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको उनको भनाइ छ ।

आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खनन्को प्रक्रिया अघि बढाएको छ ।

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार