AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

  • बिहिबार, साउन ५, २०७९
थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

साउन ०५, काठमाडौं – नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५६ जनाले संक्रमणलाई जित्दा कसैको पनि मृत्यु भएको छैन ।

देशभर २ हजार ५ सय ३७ जना सक्रिय संक्रमित छ । पछिल्लो २४ घण्टामा देशभर कसैलाई पनि कोरोनाविरुद्धको खोप नलगाइएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।

देशभर पीसीआर परीक्षणबाट कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७ सय १९ जना हुँदा एन्टिजेन विधिबाट १ लाख ४१ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ ।

९ लाख ६८ हजार २ सय २८ जना मानिस संक्रमणमुक्त हुँदा निको हुने दर ९८.५ प्रतिशत हुन्छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार