AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एसईई पुरक परीक्षाकाे मिति तय, दुई विषयको परीक्षा छुट्नेले पनि दिन पाउने

एसईई पुरक परीक्षाकाे मिति तय, दुई विषयको परीक्षा छुट्नेले पनि दिन पाउने

  • आइतवार, साउन १५, २०७९
एसईई पुरक परीक्षाकाे मिति तय, दुई विषयको परीक्षा छुट्नेले पनि दिन पाउने

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तोकेको छ ।

सूचनाअनुसार गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्।

परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५०० राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । भदौ ११ मा अनिवार्य अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुनेछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार