AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति

बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति

  • आइतवार, साउन १५, २०७९
बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति

काठमाडौं – खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे गएको भूकम्पबाट केही घरमा क्षति पुगेको छ।

साकेला–५ का वडाध्यक्ष जीवन न्यौपाने अनुसार‚ मात्तिमबिर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको छ। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको बताइएको छ ।

हालसम्म मानवीय क्षतिको विवरण भने आएको छैन । विवरण संकलन भइरहेको छ । भूकम्पका कारण स्थानीयवासी घरबाहिर निस्किएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार