AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

  • आइतवार, साउन १५, २०७९
जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

काठमाडौं – जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आइतबार साढे ५ बजे अर्थमन्त्री शर्माको सपथ कार्यक्रम रहेको जानकारी दिए ।

गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सो सम्बन्धमा प्रतिनिधिसभाले छानबिन गर्न ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।

समितिले हालै मात्र प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाएको थियो । जसमा अनधिकृत व्यक्ति प्रवेश नभएको उल्लेख थियो । संसदीय समितिले क्लिन चिट दिएसँगै शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरिएको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार