AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेकाे सूचना, एक दम्पती पक्राउ

मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेकाे सूचना, एक दम्पती पक्राउ

  • बुधबार, साउन १८, २०७९
मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेकाे सूचना, एक दम्पती पक्राउ

 काठमाडौं – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसाे विशेष सूचनाका आधारमा जहाजकाे सुरक्षामा खतरा आउने आशंकापछि मुम्बई जाने तयारीमा रहेका २ जना शंकास्पद यात्रुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । उनीहरू श्रीमान्-श्रीमती रहेकाे खुलेकाे छ ।

सीआईबीका अनुसार कैलाली प्रहरीले ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना पठाएको थियो । त्यसपछि दिउँसाे १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजलाई अनुसन्धानका लागि राेकेर चेकजाँच गरेको हो ।

हाल सबै यात्रुको चेकजाँचपछि फेरि उनीहरूलाई उडानका लागि जहाजमा चढाइने तयारी भएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार