AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • मतदाता नामावली संकलन आजदेखि स्थगित

मतदाता नामावली संकलन आजदेखि स्थगित

  • शुक्रबार, साउन २०, २०७९
मतदाता नामावली संकलन आजदेखि स्थगित

 काठमाडौं – निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । बिहीबार सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्म समय दिइएको छ ।

यस्तै, मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु गरिने आयोगले जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार