AarthikBikash
बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

  • बिहिबार, साउन १९, २०७९
थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, एककाे मृत्यु

साउन १९, काठमाडौं ।

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९४ तथा एन्टिजेन विधिबाट २६६ जनामा गरी ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ३२४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार