AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तलब वृद्धिमा भेदभाव भएको भन्दै देशभरिका नायब सुब्बा आन्दोलनमा

तलब वृद्धिमा भेदभाव भएको भन्दै देशभरिका नायब सुब्बा आन्दोलनमा

  • बुधबार, साउन २५, २०७९
तलब वृद्धिमा भेदभाव भएको भन्दै देशभरिका नायब सुब्बा आन्दोलनमा

काठमाडौं – सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।

शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने मागसमेत राखेका छन् ।

नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

१० हजारभन्दा बढी नायब सुब्बा एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार