AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

  • आइतवार, भदौ ५, २०७९
प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

गिरीलाई उहाँका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागवत्ती दिएका छन् । समाजवादी चिन्तक गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको थियो ।

यसबैची नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्यसमेत रहेका गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको स्मरणमा नेताहरुले शोक व्यक्त गरेका हुन् ।

कांग्रैस सहमहामन्त्री भिष्मराज आङदाम्बेका अनुसार गिरीको निधनमा पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा ३ दिनसम्म झन्डा झुकाइने छ । यस्तै १३ दिनसम्म श्रद्धाञ्जलीका विविध कार्यक्रम आयोजना गरिनेछ

Facebook Comments

सम्बन्धित समाचार