AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौं महानगरले हटाउन थाल्यो अण्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल

काठमाडौं महानगरले हटाउन थाल्यो अण्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल

  • सोमवार, भदौ ६, २०७९
काठमाडौं महानगरले हटाउन थाल्यो अण्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल

काठमाडौं – काठमाडौं महानगरपालिकाले नक्सापास विपरीत अण्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन थालेको छ ।

महानगरले प्रयोजन विपरीतका पसल हटाउन गत साउनको पहिलो हप्ता ३५ दिने सूचना जारी गरेको थियो । सूचना बमोजिम आज बिहान वानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पश्चिम दिशाबाट पसलहरू हटाउन शुरु गरिएको महानगरले जनाएको छ ।

महानगर प्रमुख बालेन शाह आफैं उपस्थित भएर अण्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन शुरु गरेका हुन् ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट पार्किङका पसल तथा संरचना हटाउन थालिएको हो ।

अण्डरग्राउण्डमा कि पार्किङ वा गोदाम बाहेक राख्न नपाइने महानगरले जनाएको छ । जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएका भवनहरूले निर्माणपछि पसल क्यान्डिन र डिस्को चलाएको महानगरको दाबी छ ।महानगरले भवनको नक्सापास अनुगमनमा कडा गर्ने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार